एनपिएल: फाइनल प्रवेश खेलमा जनकपुरले टस जित्यो

काठमाडाैं | पुस ४, २०८१

एनपिएल: फाइनल प्रवेश खेलमा जनकपुरले टस जित्यो

काठमाडौं:   नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ रोजेको छ ।    

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । योसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ । 

    
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । यो खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ ।

    
पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।

    
कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्